धादिङमा आईचर र मोटरसाईकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा आईचरले मोटरसाईकल ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा धुनिवेशी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय ताराबहादुर श्रेष्ठ रहेकोे ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

ADVERTISEMENT

काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको बा ५ ख ६१८६ नम्बरको आईचरले विपरित दिशाबाट आउँदै गरेको बा ९५ प ५३८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते श्रेष्ठको दुवै खुृट्टामा गम्भीर चोट लागेको र अहिले ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । ठक्कर दिने आईचर प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *