झापा–३ मा कांग्रेस नेता कृष्ण सिटौलालाई हराउँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । झापा–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । यसअघिको निर्वाचनमा पनि उहाँहरु दुई बीचको प्रतिस्पर्धा लिङ्देन निर्वाचित हुनु भएको थियो ।

बिहीबार सकिएको मतगणना अनुसार लिङ्देनले ४० हजार ६४८ मत ल्याउनु भयो भने सिटौलाले ३७ हजार ३७२ मत ल्याउनु भयो ।
लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।

ADVERTISEMENT

प्रतिनिधिसभामा राप्रपाको यो चौथो जित पनि हो । यसअघि राप्रपाले मकवानपुर १, बाँके २, जुम्लामा विजयी हासिल गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज