बाँके ३ मा नेपाली कांग्रेसका राठौर बिजयी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बाँके । बाँके ३ मा नेपाली कांग्रेसले जित निकालेको छ । बाँके क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सह महामन्त्री समेत रहेका किशोरसिंह राठौरले जित निकाल्नु भएको छ । गठबन्धनका उम्मेदवार रहनु भएका राठौरले ४ हजार ७ सय ९३ मतान्तरले बिजयी हुनु भएको हो ।

उहाँले २९ हजार ४० मत ल्याउनु भएको थियो भने उहाँका निकटतम प्रति द्वन्दी नेकपा एमालेका किस्मत कुमार कक्षपतीले २४ हजार २ सय ४७ मत प्राप्त गर्नु भएको थियो । यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टिका देवेन्द्र नाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गर्नु भएको छ । जसपाका योयन्द्र धितालले ४ हजार २ सय ८७ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसै गरी क्षेत्र नं. ३ को (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मिले २ हजार ४ सय ८३ मतान्तरले बिजयी हुनु भएको छ । १३ हजार ४ सय ३३ मत प्राप्त गर्नु भएका कुर्मिले निकटम प्रतिद्वन्दी नेकपा एमालेका भिम वलीले १० हजार ९ सय ५० मत ल्याउनु भएको छ ।

ADVERTISEMENT

यसै गरी क्षेत्र नं. ३ को प्रदेश सभा क बाट भने नेकपा एमालेले जित निकालेको छ । नेकपा एमालेका रत्न खत्रीले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई १ हजार ६ सय ९४ मतान्तरले बिजयी निकाल्नुभएकाे हाे । खत्रीले १३ हजार १ सय ५८ मत ल्याउदा सुनारले ११ हजार ४ सय ६४मत प्राप्त गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज