काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान जिल्ला, शारदा नगरपालिका-२, लुहापिंगस्थित त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आहृवान नगरी कानुनी प्रक्रिया नपुर्याई रकम अनियमितता गरेकोमा मुद्दा दायर गरेको छ । अख्तियारले विद्यालयका तत्कालीन प्रधानाध्यापक तथा बहुतल्ले भवन निर्माण अनुगमन समितिका सदस्य माधव विक्रम जिसी, इञ्जिनियर, वडा अध्यक्ष तथा व्यवस्थापन समितिका अध्यक्षसमेत ६ जनाउपर गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी बुधबार मुद्दा दायर गरेको हो ।
‘उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा त्रिभुवन जनमाध्यमिक विद्यालयको बहुतले भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाई झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गराई उक्त मूल्यांकनमा सही गरी ८७ लाख तीन हजार ३१२ रुपैयाँ अठहत्तर पैसा नेपाल सरकारलाई गैरकानुनी हानि नोक्सानी पुर्याउने बद्नियतले काम गरेको देखिएको’, अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारजन्य कसुरमा संलग्न देहायका कर्मचारी एवं पदाधिकारी व्यक्तिहरूलाई देहायको कसुरमा देहाय अनुसारको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts