दाङ । दाङ क्षेत्र नं २ मा एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाउँदै लग्नुभएको छ ।
जारी मतगणनाको पछिल्लो विवरण अनुसार गठबन्धनबाट उम्मेदवार रहनुभएको रेखा शर्मा १८२९० मत ल्याउँदा पोखरेलले १७०२० प्राप्त गर्दै पच्छ्यारहनु भएको छ । यसअघि दुई हजार बढी मतान्तर रहेको उहाँहरु बीच अहिलेको मतान्तर १२७० मात्र छ ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका बिशाल अधिकारी १०११४ मत ल्याउँदै तेस्रोमा रहनु भएको छ ।
यहाँ अझै करिब २७ हजार मत गणना गर्न बाँकी छ।






