झाँक्रीलाई पराजित गर्दै गुल्मी-२ मा एमालेका गोकर्ण विष्ट विजयी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा नेकपा (एमाले) का उम्मेदवार गोकर्णराज विष्ट विजयी हुनुभएको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनकातर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामकुमारी झाँक्रीलाई दुई हजार ४४ मतको अन्तरले पराजित गर्दै नेकपा (एमाले) का विष्ट विजयी हुनुभएको हो ।

ADVERTISEMENT

विष्टले २८ हजार ४८५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नुभएको हो ।

यस निर्वाचन क्षेत्रमा ५८ हजार ७७३ मत खसेको थियो । यहाँ १ लाख ४ हजार ३२७ कुल मतदाता रहेका छन् । सोमबार साँझदेखि मतगणना सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज