जिप दुर्घटनामा परि गुल्मीमा पाँच जनाको मृत्यु

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको ठुलोलुम्पेकदेखी कुढडाँडातर्फ जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि जिपधनी ५१ वर्षीय झलक सोमै, ५५ वर्षीय टीका राहादी, ४७ वर्षीय रनबहादुर सिजापति, २५ वर्षीय मिलन तरामु र ४३ वर्षीय जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिनुभयो ।

ADVERTISEMENT

त्यस्तै, डिएसपी खरेलका अनुसार दुर्घटनामा परि चार जना घाइते भएका छन् । घाइते हुनेमा ३३ वर्षीय कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली, ४९ वर्षीय गीरबहादुर सोमै र १७ वर्षीय खण्डन सोमै घाइते भएका छन् । घाइते सबैको पाल्पामा उपचार भैरहेको छ ।

राती करिब २ः३० बजेको समयमा ब्रेक फेल भएर जिप दुर्घटना भएको हो । जिप सडकदेखि करिब २०० मिटर तल खसेको डिएसपी खरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *