एनसेलको नयाँ प्रिपेड प्लान

Read Time = 4 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड प्लान ल्याएको छ । नयाँ प्रिपेड प्लानअन्तर्गत तीनवटा स्टार्टर प्याक सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन् । ग्राहकले सजिलो करसहित ९७ रुपैयाँ, सहयात्री प्लान ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा लिन सक्नेछन् ।

स्टार्टर प्याकअन्तर्गत सिमकार्ड खरिद गर्दा ग्राहकले स्वतः सजिलो प्लान प्राप्त गर्नेछन् । जसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट नेट कल र सात दिनको २० वटा अन नेट एसएमएसको व्यवस्था रहेको छ । यो प्याक प्याक लिने ग्राहकले अन नेट भ्वाइस कलअन्तर्गत करसहित १.६२ रुपैयाँमा प्रतिमिनेटमा कल, एक रुपैयाँमा पे एज यु गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस करबाहेक एक रुपैयाँमा पठाउन सक्नेछन् ।

ADVERTISEMENT

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवार सदस्यका लागि सहयात्री प्लान रहेको छ । जुन प्लानअन्तर्गत ग्राहकले १० रुपैयाँमा मेन ब्यालेन्स, सय एमबी डेटा, सात दिनको समयसीमाका १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्नेछन् । साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो तीन मिनेटको कलपछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा पाउनेछन् । सहयात्री प्लानअन्तर्गत ग्राहकले आफ्नो मेन ब्यालेन्स शून्य भए पनि आफूले सम्पर्क गर्न खोजेको नम्बरमा मिस्ड कल गर्न सक्नेछन् भने सिम लिने ग्राहकले विभिन्न आठ राष्ट्रमा अन्तर्राष्ट्रिय कलमा पहिलो एक मिनेटपछि छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, युवा वर्ग लक्षित स्टार्टर प्याकअन्तर्गत इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको एक जिबी डेटा, १० मिनेट मेन ब्यालेन्स, सय एमबी डेटा, १० मिनेट अन नेट कल र सात दिनको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सकिनेछ ।

सबै स्टार्टर प्याकमा पहिलो रिचार्ज अफर पनि रहेको छ । सिमकार्ड सुरु भएको अर्को दिनको मध्य रातीसम्म दुई सय रुपैयाँ र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् । प्राप्त बोनस पे एज यु गो अन्तर्गत भ्वाइस, डेटा र एसएमएस सेवामा प्रयोग गर्न सकिनेछ भने बोनस रकम तीन दिनका लागि हुनेछ । त्यस्तै, पर्यटकका लागि पनि सय रुपैयाँ, पाँच सय रुपैयाँ र एक हजार रुपैयाँका तीन प्लान रहेका छन् । सय रुपैयाँको प्लानमा दुई सय एमबी डेटा, १० मिनेट लोकल कल रहेको छ भने पाँच सय रुपैयाँको प्लानमा ५० मेन ब्यालेन्स, ५० मिनेट लोकल कल र सात दिनको १० जिबी डेटा प्राप्त गर्न सकिनेछ । एक हजारको प्लानअन्तर्गत ५० रुपैयाँ मेन ब्यालेन्स, सय मिनेट लोकल कल र २८ दिनको २५ जिबी डेटाबाट फाइदा लिन सक्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज