डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुनुभएको हो । देउवा डडेलधुराबाट लगातार सातौं पटक सांसदमा चुनिनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल भने तेस्रो स्थानमा रहेर उहाँले सात हजार ५३५ मत प्राप्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता