झापा ३ मा राप्रपा लिङ्देनको अग्रता कायमै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको अग्रता कायमै राखेको छ । १३ हजार आठ सय ५२ मत गणना हुँदा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पार्टी राजेन्द्र लिङ्देन सात हजार ४० मतका साथ अग्रस्थानमा हुनुहुन्छ । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला पाँच हजार दुई सय २६ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

ADVERTISEMENT

झापा ३ को प्रदेशसभा १ र २ दुवै प्रदेशमा एमालेका उम्मेदवारले अग्रता कायम राख्नुभएको छ। प्रदेशसभा १ मा एमालेका वसन्त बानियाँ सात हजार तीन सय ५८ मतका साथ अग्रस्थानमा छन् भने लोकतान्त्रिक–वाम गठबन्धनका भूमिप्रसाद राजवंशी सात हजार दुई सय ७५ मतका साथ दोस्रो स्थानमा हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज