तीन दिनपछि सुरु भयाे बझाङकाे मतगणना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बझाङमा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना तीन दिनपछि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका कतिपय दुर्गम स्थानबाट मतपेटिका ल्याउन ढिला भएपछि तीन दिनपछि मतगणना सुरु भएको हो ।

मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४  गरी ८ स्थानबाट हुनेछ ।

ADVERTISEMENT

बझाङमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, नेकपा एमालेबाट ऐन महर प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनु हुन्छ ।  यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज