मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ३३० मतान्तरले नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित हुनुभएको हो ।

कांग्रेसका गुरुङले दुई हजार ५७७ मत ल्याउनुभएको छ । एमालेका गुरुङले दुई हजार २४७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले पाँच मत ल्याउनुभयो ।

ADVERTISEMENT

गुरुङ तत्काल संसद प्रवेश गर्न भने पाउनुहुने छैन । उहाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उहाँ सांसदको हैसियतमा काम गर्न नपाउने हुनुभएको हो । गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कांग्रेसका टेकबहादुर गुरुङ २०७० मा दोस्रो संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मनाङ ङिस्याङ गाउँपालिका ८, टङ्की मनाङका गुरुङ कांग्रेसको तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री पनि हुनुभएको थियो । मनाङमा २०७४ को चुनावमा पहिलो पटक मनाङमा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *