भारतबाट ३० हजार मेट्रिकटन मल आउँदै

Read Time = 2 mins

काठमाडौं । सम्झौताअनुसार मंसिर दोस्रो सातादेखि भारतबाट ३० हजार मेट्रिकटन रासायनिक मल नेपाल आउने भएको छ । मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन अर्ब २६ करोड रुपैयाँ पठाइसकेको जनाएको छ ।

गत वर्ष फागुनमा सम्पन्न जिटुजी खरिद सम्झौताअनुसार यस वर्ष एक लाख मेट्रिकटन युरिया र ५० हजार टन डिएपी मल नेपालले पाउनेछ । तर, १० महिनापछि २० प्रतिशत मल नेपाल आयात हुन लागेको हो ।

जिटुजीमार्फत् दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिकटन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिकटन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो ।

ADVERTISEMENT

यस वर्ष सरकारले ३१ अर्ब रुपैयाँको रासायनिक मल खरिदका लागि बजेट विनियोजन गरेको छ । जसबाट करिब तीन लाख २५ हजार टन मल खरिद गर्न सकिनेछ ।

हाल कृषि सामग्री कम्पनी लिमिटेडसँग ५७ हजार चार सय १० मेट्रिकटन र साल्ट टे«डिङ कर्पोरेसनसँग १९ हजार सात सय १५ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको बताइएको छ । बाली लगाउने समयमा मल नपाउँदा किसान मर्कामा पर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज