उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण रोक्न जी-७ राष्ट्रद्वारा सुरक्षा परिषद्लाई आग्रह

Read Time = 1 min

एजेन्सी/जी-७ राष्ट्रहरूले आइतबार उत्तर कोरियाको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको आलोचना गर्दै संयुक्त राष्ट्रसंघअन्तर्गतको सुरक्षा परिषद्लाई परीक्षण रोक्न थप ‘महत्वपूर्ण’ कदम चाल्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले शान्ति र स्थायित्वका लागि आहृवान बाबजुद उत्तर कोरियाको बारम्बारको मिसाइल प्रक्षेपणले यस क्षेत्रलाई थप अस्थिर बनाएको जी-७ राष्ट्रहरूको समूहका विदेश मन्त्रीहरूले बताएका छन् ।

ADVERTISEMENT

जी–७ राष्ट्रहरूले जारी गरेको एक विज्ञप्तिमा एकजुट र सशक्त जबाफका लागि अन्तर्राष्ट्रिय समुदायको आहृवान र सुरक्षा परिषद्ले लिनु पर्ने थप महत्वपूर्ण उपायहरूको आवश्यकतामा जोड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज