-डम्मर बुढा मगर
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा देवकुमार नेपाली विजयी हुनुभएको छ । उहाँ निवर्तमान मेयरसमेत हुनुहुन्छ ।
उहाँले निटकतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका चन्द्र अर्याललाई ६०० मतान्तरले पराजित गर्नुभएको छ । नेपालीले ५७३५ मत प्राप्त गर्दा अर्यालले ५१३५ मत पाउनुभएको छ ।
उपमेयरमा कांग्रेसका धनबहादुर कायत (कल्याण) विजयी हुनुभएको छ । कायतले एमालेकी ताराकुमारी पुनलाई ७६६ मतान्तरले पराजित गर्नुभएको छ । कायतले ५६५० मत प्राप्त गर्दा पुनले ४८८४ मत पाउनुभएको छ ।
वडा नम्बर १ मा नेपाली कांग्रेसका बानबहादुर छन्त्याल, वडा नम्बर २ मा जनमोर्चाका भेकबहादुर खत्री, वडा नम्बर ३ मा एमालेका खिमबहादुर सुनार, वडा नम्बर ४ मा जनमोर्चाका विद्रोह समूहका तिलक पुन, वडा नम्बर ५ मा एमालेका दिपेन्द्र पुन मगर, वडा नम्बर ६ मा एमालेका उमेश बुढा मगर, वडा नम्बर ७ मा जनमोर्चाका धनबहादुर अदै, वडा नम्बर ८ मा माओवादी केन्द्रका भद्रमणि सुनार र वडा नम्बर ९ मा एमालेका खिमबहादुर घर्ती मगर विजयी हुनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts