हुम्लामा ७६ दशमलव ३७ प्रतिशत मत खस्यो

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हिमाली जिल्ला हुम्लामा ७६ दशमलव ३७ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार जिल्लामा जम्मा २५ हजार ९५ मत खसेको हो ।

मतदान गर्नेमा १२ हजार ७७० पुरुष र १२ हजार ३२५ जना महिला रहेका छन् । जिल्लामा रहेका ५९ वटै मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको हो । हुम्लामा ३२ हजार ८५७ जना मतदाता रहेका थिए । जसमध्ये पुरुष १७ हजार १२८, महिला १५ हजार ७२९ जना छन् । यसमध्ये आइतबार २५ हजार ९५ मत मात्रै खसेको हो ।

ADVERTISEMENT

सदरमुकाम नजिकमा रहेका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइएको छ भने टाढा रहेका सर्केगाड, उत्तरी नाम्खा गाउँपालिकाको लिमीका मतपेटिका हेलिकप्टरबाट सोमबार वा मंगलबारसम्म आइपुग्ने निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?