नेपाल लाइफ पनि एनपिएसमा आबद्ध

Read Time = 2 mins

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपिएसमा आबद्ध भएको छ । कम्पनीले भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्वीच (एनपिएस) का लागि दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

सम्झौतासँगै नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणाली एनसिएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडी एनपिएसअन्तर्गतका विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । जसमार्फत् नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायतका कारोबार गर्न सक्नेछ भने नेपाल लाइफका विभिन्न खाताको पुँजी व्यवस्थापन प्रक्रिया पनि थप व्यवस्थित हुने बताइएको छ । कम्पनीका अनुसार १५ लाखभन्दा बढी बीमित यस कम्पनीका १९७ शाखा सञ्जाल र २१ लाख दुई हजार ३६२ अभिकर्ता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज