एक खर्ब पाँच अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह

Read Time = 7 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को तीन महिना अर्थात् असोजसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ असोजमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.४ प्रतिशतले बढेको छ । २०७९ असोजमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.१ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो । सो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह १.२ प्रतिशत, विकास बैंकको कर्जा प्रवाह २.६ प्रतिशत र वित्त कम्पनीको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ । २०७९ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६६.७ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ असोजमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.६ प्रतिशत र १२.३ प्रतिशत थियो ।

चालु आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह १.७ प्रतिशत र कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.२ प्रतिशत, ओभरड्राफ्ट कर्जा ४.८ प्रतिशत, आयात कर्जा २.८ प्रतिशत, डिमाण्ड तथा चालु पुँजी कर्जा ३.० प्रतिशत र रियल स्टेट कर्जा २.७ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा १.५ प्रतिशत र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।

केन्द्रीय बैंकका अनुसार चालु आवको असोजसम्म एक खर्ब पाँच अर्ब ४७ करोड पुनर्कर्जा प्रवाह भएको छ । सो अवधिमा एक लाख ४७ हजार छ सय ४२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १० अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ ।

ADVERTISEMENT

त्यस्तै, चालु आवको असोजसम्म एक खर्ब पाँच अर्ब ४७ करोड पुनर्कर्जा प्रवाह भएको छ । असोजसम्ममा एक लाख ४७ हजार छ सय ४२ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १० अर्ब ४७ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको वित्तीय तथ्यांकमा उल्लेख छ । जसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार ६१ ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब २१ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार सात सय ५० महिला उद्यमीलाई प्रवाह भएको ६८ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार आठ सय ३१ ऋणीको तीन अर्ब ५७ करोड कर्जा बक्यौता रहेको छ । व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ असोजमा ९० करोड ३४ लाख बक्यौता रहेको छ ।

सो अवधिमा रिपोमार्फत् एक खर्ब ८८ अर्ब ६६ करोड, सोझै खरिद बोलकबोलमार्फत् ४३ अर्ब ७० करोड र स्थायी तरलता सुविधामार्फत् २१ खर्ब २२ अर्ब ७३ करोड गरी कुल २३ खर्ब ५५ अर्ब नौ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजारका विभिन्न उपकरणमार्फत् खुद नौ खर्ब ४८ अर्ब १७ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब २० करोड खरिद गरी एक खर्ब ५४ अर्ब चार करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २४ करोड ७६ लाख खुद खरिद गरी २९ अर्ब ७३ करोड तरलता प्रवाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज