काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ । अफरअन्तर्गत माघ २९ गतेसम्म प्रयोगकर्ताले कनेक्ट आइपिएसमा रजिष्टर तथा भुक्तानी गर्दा विभिन्न फाइदा प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलोपटक मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा सय रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना पाँच भाग्यशालीले निःशुल्क वार्षिक सब्सक्रिप्सन अधिकतम् १५ हजारसम्म रुपैयाँ समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कनेक्ट आइपिएसको वेबमार्फत् प्रतिकारोबार २० लाखसम्म र मोबाइल एपमार्फत् प्रतिकारोबार दुई लाखसम्म भुक्तानी गर्न सकिन्छ ।






