मौन अवधिमा आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गरिने प्रेस काउन्सिलको चेतावनी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि) मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।

काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ बजेसम्म रहेकोले तत्पश्चात् प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो ।

‘स्थिर समय सुरु हुनुभन्दा अघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डारब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशनरप्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्नरनगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ’ काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मतदान हुने दिनको अघिल्लो अठ्चालीस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशनरप्रसारणरसम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गरेको छ ।

‘स्थिर समय ९मौन अवधि०मा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने छ’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्घनरवर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् जानकारी गराइन्छ ।’

काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा विशेष अपिल गर्दै निर्वाचनको सन्दर्भमा निर्वाचनसम्बन्धी सामग्री सम्प्रेषण गरी जनतालई सुसूचित गर्न आमसञ्चार क्षेत्रले खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसासमेत गरेको छ ।

Press-rellease

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *