दाङ । बाँकेको नेपालगञ्जमा बम विस्फोट भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर बिक्रम मल्लको घरमा बम बिस्फोट भएको हाे। नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ताले बम बनाउने क्रममा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बिस्फोटमा परेर विप्लव समुहका विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष डिल्लीबहादुर डिसी क्षेत्री र कार्यकर्ता धर्मराज सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
घाइते दुबै जनको भेरी अस्पतालना उपचार भैरहेको छ ।
घटनामा संलग्न अन्य दुई जना फरार छन् ।घटनास्थलबाट प्रहरीले बम बनाउने सामग्रीसहित एउटा मोटरसाइकल र मोबाइल बरामद गरेको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ भने घटनास्थलमा थप बम हुन सक्ने आशंकामा प्रहरी परिचालन गरिएको छ ।
तस्वीर : कोहलपुर ग्यालेसीबाट







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts