नेपालगन्ज । बाँकेको नेपालगञ्जमा बम विस्फोट भएको छ ।
आज साँझ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटीनगरस्थित एक घरमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
विस्फोटमा डिल्ली विसी र धर्म सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
अहिले सो क्षेत्रमा प्रहरी परिचालन भएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पनि परिचालन भएको छ ।






