भैरहवा । अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहोरालाई मतदान गर्न आग्रह गरेका छन् ।
'दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छ,' भैरहवामा आइपुगेका खड्काले भनेका छन्,' बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनहोस् ।'
खड्का र गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि दिपक बोहराको जित आवश्यक रहेको र मतदान गर्न भन्दै अपिल गरिरहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता