भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन निर्यात गरेर आर्थिक विकास गर्छु: दुर्गा विक्रम थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएकाे छ ।

घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानामा उत्रिनु भएका उहाँले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर आर्थिक विकासमा पहल गर्ने बताउनुभयाे ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रचारप्रसार तीव्र पार्दै उहाँले आफ्नो पार्टीको पहिलो लक्ष्य नै भ्रष्टाचार नियन्त्रण रहेको बताउनुभयाे ।

ADVERTISEMENT

विकास निर्माण कार्यहरुमा ढिलासुस्तिका कारण राष्ट्रका बजेट खेर गइरहेको भन्दै थापाले यसको नियन्त्रण आवश्यक रहेको बताउनुभयाे । आगामी ४ मंसिरमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ ले सरप्राइज नतिजा दिने बताउदैं उहाँले करिब २१ हजार मत ल्याएर आफू निर्वाचित हुने दाबी गर्नुभयाे ।

काठमाडौं-३ मा ५८ हजार ८८९ मतदाता रहेकामध्ये ४४ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुने र आफूले २१ हजार मत ल्याएर निर्वाचित हुने उहाँको दाबी छ ।  जनताको समस्या समाधानका लागि संसदमा सशक्त भूमिका निर्वाह गर्ने बताउदै उहाँले एकपटक आफ्नो पार्टीलाई मत दिन आग्रह गर्नुभयाे ।

नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका थापाले स्वदेशमै रोजगारीको सृजना गरेर युवा विदेश पहलायनलाई रोक्न पनि आफूले भूमिका खेल्ने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?