सिड्नी । मानव बेचबिखन र बलात्कारको आरोपमा फिलिपिन्समा आजीवन कारावासको सजाय पाएका एक अष्ट्रेलियाली व्यक्तिलाई १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा थप १२९ वर्षको जेल सजाय सुनाइएको अभियोजकहरूले बताएका छन् ।
पिटर जेरार्ड स्कुली, उनकी फिलिपिनी प्रेमिका लेजिल मार्गालो र दुई सहयोगीलाई बाल दुव्र्यवहार, बेचबिखन, बलात्कार र बाल पोर्नोग्राफी सिन्डिकेट गर्ने ६० वटा अपराधको अभियोग लगाइएको दक्षिणी शहर कागायन डे ओरोका अभियोजक मर्लिन बारोला–उयले बताउनुभयो । मार्गालोलाई १२६ वर्षको जेल सजाय सुनाइएको छ भने उनका दुई सहयोगीलाई प्रत्येक नौ वर्षको जेल सुनाइएको थियो । एजेन्सी






