विकासका लागि नयाँ अभ्यासको थालनी गर्छु : विष्णु पौडेल

सैनामैनामा विभिन्न पार्टी छाडेर तीन दर्जन नेताकार्यकर्ता एमाले प्रवेश

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताउनु भएको छ ।

एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने वताउनु भएको हो । आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तरगत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै उहाले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकताहरुलाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताउनु भयो ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताउनु भयो। प्रत्येक जनताका घरपरिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताउनु भयो । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्य लगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको बिकास गरिने पौडेलको भनाई छ ।

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट बिकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पल्हाउन थालेको बताउनु भयो । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकास भोक जनाएको बताउँदै उहाले जनतामा विकास आवश्यकताहरु बारे खुलेर बोल्नसक्ने अवस्थाको विकास भएको उल्लेख गर्नु भयो।

पार्टी प्रवेश गर्नेहरुको लर्को

ADVERTISEMENT

चुनाव नजिकिदै जाँदा नेकपा एमाले प्रवेश गर्नेहरुको लर्को लाग्न थालेको छ । आइतबार सैनामैनामा विभिन्न पार्टी छाडेर तीन दर्जन नेताकार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

तरुण दल क्षेत्रीय सदस्य सुरेश पुन, तरुण दल सैनामैना नगर सदस्यहरु राकेश गुरुङ, सागर अर्याल, चुरामणि बस्याल, रोनाल्ड थापा, नेपाली काङ्ग्रेस सक्रिय सदस्य कृष्ण केसी, भरत कुँवर, आरिफ हुसेन, इलताब हुसेन, घनश्याम पाण्डे, माओवादी केन्द्रबाट राजकुमार चौधरी, बिनोद नेपाली, चम्पा दंगोरिया, सुमन दंगोरिया, राधेश्याम दंगोरिया, गीता चौधरी, रीता दंगोरिया, रजिया दंगोरिया, दिपेन्द्र थारु लगायत युवाहरु एमाले प्रवेश गरेका हुन् ।

साथै राजन दङ्गोरीया थारु, बिरेन्द्र थारु, कमइ थारु, अभिषेक थापा, कुमार विक, गौरव बेलबासे, धननारायण चौधरी, खिम थापा लगायत एमाले प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई पार्टी उपाध्यक्ष पौडेल, नेताहरु भोजप्रसाद श्रेष्ठ, गोमा आचार्यलगायतले स्वागत गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज