चुनाव जित्नेमा ढुक्क छुः पम्फा भुसाल (भिडियाेसहित)

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

ललितपुर । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताउनुभएको छ ।

आईतवार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने दाबीसमेत गर्नुभयो । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘मैले यो क्षेत्रमा राम्रा कामहरु गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यसैले डर मलाई छैन, जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, विगतमा झैँ यस पटक पनि आम मतदाताहरु खुशी हुनुहुन्छ, सबैको साथ र सहयोग मलाई प्राप्त छ । गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ ।’

आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारका लागि यतिबेला घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् । आम मतदाताको घरमा पुगेर उम्मेदवारहरु आफूलाई भोट माग्न लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज