काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानी सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । डाइरेक्ट सेवामार्फत् विदेशबाट प्रभु बैंकको भिसा डेबिट कार्डका ग्राहकलाई बिनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था हुनेछ ।
बैंकका अनुसार सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका एक सय ८० भन्दा बढी देशबाट नेट बैंकिङ, मोबाइल वा एटिएममार्फत् बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तलाई सरल, सहज र सुरक्षित तरिकाले रकम पठाउन सकिनेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता