काठमाडौं । अहिंसा र विश्व शान्तिको लागि भगवान गौतम बुद्धको निकै ठूलो योगदान रहेको छ । उनी इसा पूर्व ५६३ को छैठौं शताब्दीमा जन्मिएका थिए । ८० वर्षको उमेर अर्थात इसा पूर्व ४८३ मा उनको निधन भयो ।
उनी एक अन्तरज्ञानी र गुरु थिए । उनले नै बुद्ध धर्मको जग बसालेका हुन् । भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए ।
बुद्धले २९ वर्षको उमेरम नै ज्ञान प्रप्त गर्नको लागि आफ्नो घर छाडेका थिए । सिदार्थ अर्थात गौतम बुद्धले ३५ वर्षको उमेरमा पीपलको रुखमुनि ४९औं दिनमा ज्ञान प्राप्त गरेका थिए । यसपछि उनी सिदार्थबाट बुद्धको नामबाट चिनिन थाले ।
माहात्मा बुद्धले ज्ञान प्राप्तिपछि वारणसीसँग सारनाथमा पहिलो पटक पाँच पण्डित, साधुलाई उपदेश दिएका थिए ।
यस्ता छन् - गौतम बुद्धका पाँच अनमोल बचन
१. जो मानिस जस्तो सोच्दछ, उसको सोच अनुसार उ त्यस्तै बन्दछ । यस्तोमा कोही व्यक्ति खराब सोचका साथ बोल्छ वा काम गर्दछ भने उसले कष्ट नै भोग्नु पर्दछ । तर यदि कोही व्यक्ति शुद्ध विचारका साथ बोल्दछ वा काम गर्दछ भने उसले केवल खुसि पाउँदछ ।
२. गौतम बुद्धले भनेका छन्, अतीतमा ध्यान नदेउ, भविष्यका बारेमा नसोच, आफ्नो मनलाई वर्तमान क्षणमा केन्द्रित गर । अर्थात हामीले आज मात्र आफ्नो जीवन जीउन पर्दछ । बरु आजलाई राम्रो बनाउने प्रयाश गर्नु पर्दछ । भूत र भविष्यको चिन्ता गर्नु हुदैन ।
३. अरुसँग लडाई गर्नुभन्दा तिमी आफैमा जित हासिल गर । यसो गर्दा तिमीले कुनै समस्या भोग्नु पर्दैन बरु उल्टै जित तिम्रो हुनेछ । यदि तिमीले आफूमाथि जित हासिल गर्यौ भने तिमीलाई कसैले पराजित गर्न सक्दैन ।
४. बुद्ध भन्छन्, तीन चीज लामो समयसम्म लुक्न सक्दैन- सूर्य, चन्द्रमा र सत्य । तसर्थ यदि तिमीबाट कुनै गल्ती भयो भने यसलाई नलुकाउ किनभने यो लामो समयसम्म टिक्दैन ।
५. तपाईंसँग जे जति छ, त्यसैमा खुसी हुनुहोस् । आफुसँग भएभन्दा बढि अरुको सामु बढाई चढाई गरी नभन्नुहोस् । साथै अरुको कुनै पनि चीजमा ईर्ष्या नगर्नुहोस् । जो अरुको ईर्ष्या गर्दछ उसको मनमा कहिल्यै शान्तिको वास हुदैन ।
भगवान बुद्धको स्वभाव बाल्यकाल देखिनै एकान्त ठाउमा बसि चित्त एकाग्रह पारि चिन्तनमा डुब्ने, राजकुमार भएर पनि राजसी एयशलाई भन्दा गरिब दुखी, रोगि, अपांग, बृद्ध बृद्धा, जन्म मृत्यु, नोकर चाकर, मजदुर किसानका दुख पिडा प्रति संबेदनशील हुने र जिवजन्तु हरेक प्राणिहरु प्रति करुणाका भाव दर्शाउने गर्ने गर्नु हुन्थ्यो । यहि क्रममा आफ्नै मावली कोलियहरुसँग दुई देशका सिमानाकारुपमा रहेका रोहिणी नदीको पानि खेति प्रयोजनको लागि उपयोग गर्ने बिषयलाई लिएर दुई देश बिच बर्षै पिच्छे खटपट मारपिट भईरहन्थ्यो ।
भगवान बुद्धको उमेर करिब २८ बर्ष हुँदाका बखत शाक्य र कोलिय किसानहरू बीच फेरि रोहिणी नदीको पानीलाई लिएर भनाभन, मारपिट भयो, दुवै पक्षका किसान हलि मजदुरहरू घाइते भए, यहि समस्यालाई लिएर शाक्य सेनापतिले कोलियहरूलाई युद्धबाट परास्त गरि स्थायि ढंगले समस्या समाधान गर्ने प्रस्ताव शाक्य संघमा राखे । शाक्य सेनापतिको प्रस्ताव बिरुद्ध बुद्धले भन्नुभयो- युद्धले युद्धकै बिउ रोपिन्छ, शान्तिको लागि शान्तिकै बिउ रोपिनु पर्छ र कोलियहरू पनि हामि शाक्यहरुकै नाता कुटुम्बेरिहरु हुन र हामि, बार्ताद्वारा यो समस्या समाधान गर्ने तर्फ लाग्नु पर्दछ र आलोपालो गरि सबैको खेतमा पानी पुर्याउने उपाय निकाल्नु पर्दछ र युद्धले हामि दुवै पक्षलाई हानि गर्छ, उसै त हामि भन्दा शक्तिसाली कोशल राज्यले हामि दुवै पक्षलाई दुख दिई रहेकाछन, हामी बीच लडाई भयो भने यहि मौका छोपी हामि माथि आक्रमण हुनेछ र त्यसैले हामि युद्धबाट होइन, बार्ताबाट समस्या समाधान गर्ने तर्फ जानु पर्छ भनि युद्धको बिरोधमा आफ्नो प्रस्ताव राख्नु भयो तर सेनापतिको युद्धनै गर्ने प्रस्ताव अत्यधिक मतले पारित भयो ।
शाक्य संघको निर्णय अनुसार गौतम बुद्धले, युद्धमा भाग लिने, फाँसिमा झुण्डिने, स्वदेशबाट निर्बासित (देश निकाला) हुने, परिवारका सबै सदस्यहरुको सर्वस्व हरण र सामाजिक बहिस्कार जस्ता सजाय मध्य कुनै एउटा सजाय अनिबार्य भोग्नै पर्ने भएका कारण बुद्धले निर्वासन रोज्नु भई गृह त्याग गर्नु भएको थियो । आफ्नो राज्य छाडि निर्वासनमा जाने समयमा बुद्धले आफ्ना समर्थकहरुलाई भन्नुभयो- मैले शाक्य र कोलियहरु बिचको झगडा मिलाउन सकिन, तर तपाईहरू सम्झौताको पक्षमा जनमत तयार पार्न निरन्तर लागिरहनु होस, मेरो बारे कुनै चिन्ता नगर्नुहोस ।
नभन्दै सिद्धार्थ गौतम बुद्धको निर्वासन पछि युद्ध घोषणाको बिरुद्ध शाक्य समाजका सारा मानिसहरुले सडकमा उत्रिएर जुलुस प्रदर्शन गरे, कोलिय र शाक्य हामि सबै आफन्तै आफन्त हौं । हाम्रा राजकुमार सिद्धार्थले देश छाडेर गएको घटनालाई नबिर्सौ भन्ने नारा लगाउदै शाक्य संघलाई युद्ध रोक्न दबाब दिए र बार्ताबाट समस्या समाधान गर्न बाध्य बनाए । बार्ताबाट समस्या सुल्झिए पछि, बुद्धलाई फिर्ता बोलाउन दुतहरू पठाइयो, तर भगवान बुद्धले ति दुतहरुलाई भन्नु भयो– शाक्य र कोलियहरु बिचको शान्ति सम्झौताले मात्र विश्व मानव समाजमा शान्ति आउदैन, यो त सानो नमुना वा शुरुवात मात्र हो ्र मेरो बिरोध त यी दुई देश बिचको युद्धसँग मात्र होइन, मेरो बिरोध त जातपात, उच निच, छुवाछुत, अन्धबिश्वास, घात प्रतिघात, धनि गरिब, मालिक नोकर, राजा रजौटा जनता रैति, शोषक शोषित, माता पिता, पुत्र पुत्री, दिदि बहिनि, दाजु भाई हर गृहस्थि र समाजका बिच बिध्यमान आपसी आन्तरिक मनमुटाव, द्वेष ईर्ष्या राग र झगडाहरूबाट उत्पन्न हुने दुखहरुसँग समेत सम्बन्धित छ ।
राज्यहरू बीचको संघर्ष त कहिले कहिँ मात्र हुन्छ , तर घर परिवार र समाज भित्र त बारम्बार अशान्ति र दुःख हामिहरू आफैँ पैदा गरिरहेका हुन्छौ , त्यसैले यी पारिवारिक र सामाजिक अन्तर्द्वन्दबाट उत्पन्न हुने समस्याहरुको समाधानको उपाय खोजेर निकाल्नै पर्छ , अहिलेसम्मका पुराना विचार र दर्शनहरूले यी समस्याहरू समाधान गर्न सक्छ सक्दैन, मैले खोज्नु बुझ्नु छ र सक्छ भने कहाँ सम्म सक्छ ? परिक्षण गरि नयाँ नयाँ ज्ञान र तर्क संगत बैज्ञानिक उपायहरूको खोजिमा म लाग्ने छु भन्नु भयो र घर फिर्नु भएन ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts