‘कृषिमा आमूल परिवर्तनबिना आत्मनिर्भर असम्भव’

Read Time = 4 mins

काठमाडौं । कृषि तथा पशु विकास मन्त्रालय बागमती प्रदेशसँगको सहकार्य र खाद्यका लागि कृषि अभियानले हेटौंडामा एकीकृत कृषि तथा खाद्य प्रणाली : समसामयिक सवाल विषयक कार्यक्रम आयोजना गरेको छ । विश्व खाद्य दिवसका अवसरमा आयोजित कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी, बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्त, आयोगका सदस्य राजु नेपाल, प्रल्हाद लामिछाने कृषि तथा वन विज्ञान विश्वविद्यालयकी प्राध्यापक डा. कल्याणी मिश्र, खाद्यका लागि कृषि अभियानका संस्थापक संयोजक तथा कृषि विज्ञ डा. कृष्णप्रसाद पौडेलको सहभागिता थियो ।

अन्य सहभागीमा कृषि तथा पशु विकास मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कँडेल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, कृषि विकास निर्देशनालयका अधिकृत, राष्ट्रिय किसान समूह महासंघकी महासचिव रिता बस्ताकोटी, फ्यान नेपालकी लक्ष्मी गुरुङ, विश्व खाद्य कार्यक्रम बागमती प्रदेश संयोजक राजु क्षेत्रीलगायत रहनुभएको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

सो अवसरमा एनवाइसिए हेटौंडा च्याप्टरले जलवायु परिवर्तन र विश्वव्यापी संकटका विषयमा प्रस्तुति गरेको गरेको थियो भने कृषि मन्त्रालयतर्फबाट प्रवक्ता कँडेलले बागमती प्रदेशको कृषिको अवस्था, राष्ट्रिय कृषक समूह महासंघतर्फबाट महासचिव बस्ताकोटीले साना किसानको अवस्था र बागमती प्रदेशको भूमिका विषयमा चर्चा गर्नुभएको थियो । कृषिविज्ञ डा. पौडेलले मानवीय गतिविधिका कारण प्रलय आउने भन्दै सम्पूर्ण सरोकारवाला निकायलाई समग्र खेती प्रणालीलाई फर्केर हेर्न आग्रह गर्नुभयो । आयोगका सदस्य प्रल्हाद लामिछानेले कृषि र किसानलाई उपेक्षा गरिएको बताउनुभयो भने ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले कृषि क्षेत्रका अधिकृतहरूले पनि आफ्ना सन्तति र नयाँ पुस्तालाई कृषि क्षेत्रमा आकर्षित गर्न नसकेको बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयकी प्राध्यापक मिश्रले किसानको आत्मसम्मान कायम नगरेसम्म कृषि नसुध्रिने बताउनुभयो भने आयोग उपाध्यक्ष डा. पन्तले किसान र कृषि क्षेत्रको सुधारका लागि किसानमैत्री नीति तथा कार्यक्रम निर्माणमा आयोगले जोड दिएको बताउनुभयो । अभियानका संयोजक अधिकारीेले नेपालको कृषि प्रणाली बिग्रनुको मुख्य कारण माटो सुहाउँदो कृषि शिक्षा नहुनु भन्दै जलवायु परिवर्तन, बढ्दो कृषि आयात र जनस्वास्थ्यको अवस्थालाई मध्यनजर गर्दै रैथाने कृषि प्रणालीतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज