रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गर्नु भएको छ ।
रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरी नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उहाँको भनाइ छ । विकास र समृद्धिका लागि आगामी मंसिर–४ को निर्वाचनबाट जनताले नेकपा एमालेलाई सबैभन्दा ठूलो दल बनाउने पौडेलले वताउनु भयो ।
आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–२ का विभिन्न वडाहरुमा घरदैलो अभियानलाई तिब्रता दिनुभएका पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिवद्धता गर्नु भएको छ । ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौं । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाती, भाषभाषीका जनतालाई समान रुपले हामीले हेर्ने छौं ।’–पौडेलले भन्नुभयोे, कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो ।
आज बुटवल–११ बुद्धनगरमा घरदैलो अभियानका क्रममा बोल्दै पौडेलले बुटवल पश्चिमको क्षेत्रलाई नमुना र आधुनिक शहरको रुपमा बिकसित गर्ने प्रतिबद्धता जनाउनु भयो।
‘यहाँको कनेक्टिभिटीका लागि हरेक वडाहरु जोड्ने सडकलाई कालोपत्रे गरिने छ भने, मुख्य राजमार्गसँग जोडेर दुई लेनका सडक योजनाहरु अघि बढाइने छ ।’ पौडेलले भन्नुभयोे, बुटवल पश्चिम अब पर्यटकीय र कृषि औद्योगिकीकरणमा अघि बढ्ने छ ।'
निर्माणाधिन भौतिक पूर्वाधारलाई पूर्णता दिएर अब रुपन्देहीलाई नमुना जिल्ला बनाउने उहाले बताउनु भयो । बिकास आयोजनाहरुसँगै अबको ध्यान रोजगार सिर्जना, शिक्षा, स्वास्थ्य लगायतका मानवीय विकासमा केन्द्रीत हुने पौडेललको भनाई छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts