काठमाडौं । स्थानीय निर्वाचनअन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। आइतबार बिहानसम्म १९ पालिकाको अन्तिम मतपरिणाम आएको निर्वाचन आयोगले जनाएको छ। १९ पालिकामध्ये नेपाली कांग्रेसले ८ पालिकामा जित हासिल गरेको छ भने नेकपा एमालेले ७ वटामा जितेको छ।
त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले २/२ पालिकाको अध्यक्ष जितेका छन्। जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले दुई सयभन्दा बढी स्थानीय तहमा अग्रतालिएको छ। यस्तै नेकपा एमालेले डेढ सयभन्दा बढी स्थानीय तहमा अग्रता लिएको निर्वाचन आयोगको भनाइ छ।
त्यसै गरी नेकपा माओवादी केन्द्रले एक सय स्थानमा अग्रता लिँदा अन्य दल र स्वतन्त्रका उम्मेदवार ५० बढी ठाउँमा अगाडी छन्।
कांग्रेसबाट विजेताको नाम र मत
१. कोञ्जो तेञ्जिङ लामा, नार्पाभूमिगापा (मनाङ) १ सय ५८ मत
२. मोहनसिंह लालचन, घरपझोङ गापा (मुस्ताङ) ७ सय ६० मत
३. धनबहादुर गुरुङ, नासो गापा (मनाङ) ८ सय २० मत
४. इन्द्रबहादुर कार्की गन्यापधुरा गाउँपालिका (डलेलधुरा) ३ हजार ३८४
५. खिलध्वज पन्थी रेसुङ्गा नगरपालिका (गुल्मी) ८हजार ६१४ मत
६. सरोज थापा गुल्मीदरवार गाउँपालिका (गुल्मी) ६ हजार १६६ मत
७. भैरवबहादुर साउँद बडीकेदार गाउँपालिका (डोटी) २३४३ मत
८. कर्णबहादुर रावल खार्पुनाथ गाउँपालिका (हुम्ला) १८ सय १० मत
एमालेबाट विजेताको नाम र मत
१. धावा सन्दुक गुरुङ, शे फोक्सुन्डोगापा डोल्पा (निर्विरोध)
२. लोप्साङ छोम्पेल विष्ट, लोघेकर दामोदर कुण्डगाउँपालिका (मुस्ताङ) ६ सय ८९ मत
३. लोकेन्द्रबहादुर घले, चामेगापा (मनाङ) ३ सय २० मत
४. कान्छा घले, ङिस्याङगापा (मनाङ) ८ सय ६१ मत
५. रिन्जिननाम्ग्याल गुरुङ, वारागुङ मुक्तिक्षेत्रगापा (मुस्ताङ) ८ सय ७६ मत
६. टसी न्हर्वु गुरुङ लोमन्थाङ गाउँपालिका (मुस्ताङ) ६ सय ६८ मत
७. मिङमा छिरी शेर्पा खुम्बु पासाङ ल्हामु गाउँपालिका (सोलुखुम्बु) २ हजार २८ मत
माओवादी केन्द्रबाट विजेताको नाम र मत
१. नारासिंह रोकाया जगदुल्लागाउँपालिका (डोल्पा) ७ सय ७० मत
२. छविराम सुवेदी नौमुले गाउँपालिका (दैलेख) ३२ सय मत
नेकपा एकीकृत समाजवादीबाट विजेताको नाम र मत
१. अंगदकुमार राना, काईकेगापा (डोल्पा) निर्विरोध
२. सेनाङ गुरुङ, छार्का ताङसोङगापा (डोल्पा) निर्विरोध







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts