-डम्मर बुढा मगर
बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा विजयी सुरुवात गरेको छ ।
शनिबारदेखि सुरु भएको मत गणनाको परिणाम अनुसार वडा नम्बर १ मा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका खडक थापा विजयी हुनुभएको छ ।
निर्वतमान अध्यक्षसमेत रहनुभएका नेता थापा ९१५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
थापाले अध्यक्षका प्रतिस्प्रर्धी नेकपा एमालेका गोविन्दबहादुर खड्कालाई ३९७ मतान्तरले पराजित गर्नुभयो । खड्काले ५१८ मत प्राप्त गर्नुभयो । २०७४ सालको स्थानीय तह निर्वाचनमा थापा ६१३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको थियो ।
थापा संगै वडा नम्बर १ मा गठबन्धनको प्यानल विजयी भएको छ । महिला सदस्यमा देवी थापा मगर, दलित महिला सदस्यमा तारा किसान, खुल्ला सदस्यमा गोविन्द थापा मगर र डिलबहादुर जिसी निर्वाचित हुनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts