प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशन काठमाडौंमा हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन काठमाडौंमा हुने भएको छ । .

कमिटीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही कार्तिक १९ र २० गते सो अधिवेशन गर्ने औंपचारिक जानकारी गराएको हो । बुढानिलकण्ठस्थित पार्क भिलेज रिर्सोटमा अधिवेशनको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने पनि कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताउनु भयो ।

ADVERTISEMENT

‘सबल प्रवासी, समृद्ध नेपालः सुःखी नेपाली’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको अधिवेशनमा ४० देशका ३ सय भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज