अमेरिकामा कोभिड–१९बाट थप १० जनाको मृत्यु

Read Time = 1 min

 

न्युयोर्क । अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । पछिल्लो समयमा अवस्थामा केही सुधार आए पनि संक्रमणका घटनामा केही बृद्धि भइरहेको छ । धेरै राज्यहरूले नयाँ नियमहरू लागू गर्न खोजिरहेका छन् ।

‘कोभिडका कारण १० लाख अमेरिकीको मृत्यु भएको छ’, राष्ट्रपति जो बाइडेनले एक विज्ञप्तिमा भने । बाइडेनले नागरिकहरूलाई महामारीविरूद्ध सतर्क रहन र अमेरिकी संसद कंग्रेसलाई खोप तथा परीक्षणका लागि स्रोतहरू जुटाउन आग्रह गरे ।

ADVERTISEMENT

विश्वभर कोभिड केस फेरि बढेका छन् । अमेरिकाले धेरै प्रतिबन्ध हटाएका छन् । पछिल्ला केही हप्ताहरूमा ओमिक्रोन सबभेरियन्टका कारण संक्रमण फेरि एक पटक बढेका छन् ।

‘मलाई लाग्छ कि हामी यस्तो ठाउँमा छौँ जहाँ मनोवैज्ञानिक, सामाजिक र आर्थिक रूपमा मानिसहरू धेरै हदसम्म महामारीसँग बाँचिरहेका छन्’, न्युयोर्क विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ सेलिन गोउन्डरले भने । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज