पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु, २ घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

इस्लामाबाद । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन् । उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । घाइते हुनेमा एक महिला पनि छन् ।

ADVERTISEMENT

पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको पेटमा गोली लागेको छ । घटबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?