युुगान्डामा इबोलाका संक्रमण बढ्दै, ५ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

कम्पाला । अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूूएचओको भनाइ छ । मध्य युुगान्डाका तीन जिल्लाहरूमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुुष्टि भएको थियो ।

ADVERTISEMENT

डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ । यसैबीच आफूहरू सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आफूूहरूलाई सुुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज