वोलोङगोङ । गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जित्नुभएको छ । साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भए पनि उहाँले सो उपाधि जित्नुभएको हो ।
सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ वरपरको जारी वर्षाबीच १६४.३ किलोमिटर (१०२ माइल) को दौडपछि बेल्जियमका लोट्टे कोपेकीको चुनौतीलाई ३९ वर्षीया टूर डे फ्रान्स च्याम्पियनले एक सेकेण्डमा रोक्नुभएको हो । इटालीकी सिल्भिया पर्सिकोले कास्य पदक जित्नुभएको छ । रासस/एएफपी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts