मंगल ग्रहमा बरफको सिँढी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

एजेन्सी/ मंगल ग्रहमा बरफको सिँढी भेटिएको छ । यसबाट मंगल ग्रहमा पहिला पानी रहेको पुष्टि भएको वैज्ञानिकहरूले बताएका छन् । यी सिँढीलाई वैज्ञानिकको भाषामा ‘ट्रान्सवर्स एओलियन रिजेस’ भनिएको छ ।

खासमा यो मंगल ग्रहमा उडिरहेको प्राचीन धुलोमाथि जमेको बरफ हो । यो विषयमा अध्ययन गरिरहेको युनिभर्सिटी अफ एरिजोनाका वैज्ञानिकले यस्ता बरफका सिँढी सोलिस प्लानममा देखिएको बताएका छन् ।

ADVERTISEMENT

यो मंगल ग्रहको दक्षिणी भागमा रहेको नक्टिस लैबरिन्थसको नजिक रहेको छ । लामो समयदेखि मंगल ग्रहमा खोज गरिरहेका वैज्ञानिकहरूले यहाँ पानी हुनसक्ने दाबी गरेका छन् । पछिल्लो समय भेटिएका तथ्यहरूले यहाँ कुनै समय पानी भएको उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज