म्यानमारमा एक पत्रकारलाई तीन वर्ष कारावास सजाय

Read Time = 1 min

याांगुन । म्यानमारमा एक पत्रकारलाई कडा श्रमसहित तीन वर्ष लामो कारावास सजाय सुनाइएको छ । बीबीसीको दातृ शाखाका लागि काम गर्ने स्वतन्त्र टेलिभिजन प्रस्तोतालाई सो सजाय सुनाइएको हो ।

स्थानीय दर्शकहरूका लागि बीबीसी मिडिया एक्सनबाट उत्पादन हुने एउटा कार्यक्रमका प्रस्तोता तेत तेत खिनेलाई सन् २०२१ को अगस्टमा पक्राउ गरिएको थियो । सन् २०२१ को फेब्रुवरीमा सेनाले म्यानमारमा सत्ता कब्जा गरेयता थुप्रै पत्रकार र अभियन्तालाई पक्राउ गरिएको छ ।

ADVERTISEMENT

सत्तामा सैनिक हस्तक्षेप भएयता १२ वटा मिडिया आउटलेटलाई जबर्जस्ती बन्द गरिनुका साथै १४२ जना पत्रकारलाई पक्राउ गरिएको स्वतन्त्र म्यानमार नाउ वेबसाइटले जनाएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज