न्यूयोर्कमा ८० हजार मानिस घरबारविहीन

Read Time = 1 min

न्यूयोर्क । अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको शहर मानिने न्यूयोर्कमा ८० हजार मानिस घरबारविहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबारविहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्यूयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो ।

सन् १९३० को दशकपछि पहिलो पटक घरबारविहीन भएकाहरूको संख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीले जनाएका छन् । न्यूयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जनामात्रै घरबार विहीन रहेको जनाएको छ । विभागको वेबसाइटमा उल्लेखित ५५ हजारमध्ये १८ हजारभन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ ।

ADVERTISEMENT

घरबारविहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ । रासस/सिहृन्वा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?