काठमाडौंका यि क्षेत्रमा आज यातायात प्रभावित हुने

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष लीको उच्चस्तरीय राजनीतिक भेटघाटको प्रभाव

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समिति जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीको कारण आज पनि राजधानी काठमाडौंका विभिन्न सडक प्रभावित हुनेछन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार उपत्यका सबै क्षेत्रमा यातायात प्रभावित रहने छ । तर फरक फरक समयमा उक्त बाटोहरू रोकिने कार्यालयले जनाएको छ ।

चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आउनुभएका लीले आज विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । साढे ३ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । उहाँले आजै भक्तपुर दरबारको अवलोकनको कार्यक्रम रहेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान ९ बजेको आसपासमा रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतिघर, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधेराधे, सल्लाघारी, सैनिक आवासीय महाविघालय, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सीडीयो कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

दिउँसो साढे ३ बजे सोल्टी होटल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नागस्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, सांग्रिला होटेल, पानीपोखरी र शीलत निवास म्मको सवारी आवागमन प्रभावित हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

लीको सवारीको समयमा वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । सोमबार र मंगलबार पनि काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो ।

दिनभर अस्तव्यस्त बनेको सार्वजनिक सवारी साधनको असर मंगलबार राति अबेरसम्म पनि परेको थियो ।

ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण काठमाडौं उपत्यकामा सवारी व्यवस्था अस्तव्यस्त भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?