महारानी एलिजाबेथको शव इडिनवर्गबाट बकिंघम दरबार पुर्याइयो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लन्डन । महारानी एलिजाबेथ द्वितीयको शव राखिएको कफिन लन्डनको बकिंघम प्यालेसमा पुगेको छ । स्थानीय समयअनुसार मंगलबा्र राति ८ बजे इडिनवर्गबाट दरबारमा कफिन लैँजादा भव्य स्वागत गरिएको थियो ।

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उहाँको सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने छ । बीबीसीका अनुसार महारानीको राजकीय अन्तेष्टिमा शाही परिवार, विभिन्न देशका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछन् ।

ADVERTISEMENT

उक्त दिनमा सार्वजनिक बिदा घोषणा गरिएको छ।

अन्तिम संस्कार गर्नुअघि महारानीको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज