बेलायती राजा चाल्र्स तृतीयको बेलायती संसदमा पहिलो सम्बोधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

लन्डन । बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक बेलायतको संसदलाई सम्बोधन गरेका छन् ।

सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय माता महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । सम्बोधनका क्रममा महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’ आफुमा हस्तान्तरण गरिएको राजा चाल्र्सले संसदलाई दिए ।

ADVERTISEMENT

बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको थियो । महारानीको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज