✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल भाद्र २६ गते आइतबार, ई.सं.- ११ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष प्रतिपदा, नक्षत्र- पूर्वभाद्रपदा, १०ः०० बजे उप्रान्त उत्तराभाद्रपदा, योग- शूल, करण- कौलव, चन्द्रराशि- मीन, सूर्योदयः ५ः४६, सूर्यास्तः १८ः१२ ।
मेष : अभिभावकले ससाना त्रुटि औँल्याउँदा मन खिन्न हुनेछ ।
वृष : अवसरका लागि केही त्याग गर्नुपर्ला ।
मिथुन : धर्मकर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला ।
कर्कट : परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ ।
सिंह : दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ ।
कन्या : सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
तुला : एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
वृश्चिक : आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
मकर : परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट अपजस मिल्नेछ ।
मीन : सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।






