एनसेलको ‘एनसेल भोल्टे’ सेवा

Read Time = 2 mins

काठमाडौं । एनसेलका ग्राहकले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिकरूपमा दिन सुरु गरेको छ ।

कम्पनीका अनुसार दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो, जसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्छ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ ।

ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकैसाथ फाइदा लिन सक्छन् । उक्त सेवाको सफलतापूर्वक सफ्ट लन्च सम्पन्न गरी कम्पनीले बिहीबारदेखि व्यावसायिकरूपमा सुरुवात गरेको हो । हाल ग्राहकले सामसुङका ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ३३ र ग्यालेक्सी ए ५३, भिभोको वाई ५५, भी २३ र हृवावेको नोभा ३ आई, वाई ९ प्राइम २०१९ मा भोल्टे सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

एनसेलको फोरजी सिम अर्थात् युसिम भएका र माथि उल्लेखित मोबाइल सेट प्रयोग गर्ने ग्राहकले एस्ट्रिक्स १७२०१ हृयास डायल गरी भोल्टे सेवा सुचारु गर्न सक्नेछन् भने सेवा सुचारु गरेसँगै एनसेल नेटवर्कभित्र कल गर्न सकिने सय मिनेट भोल्टे टकटाइम बोनसस्वरूप प्राप्त गर्न योग्य हुन्छन् । प्राप्त बोनस भोल्टे टकटाइम २८ दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?