रुसी हमला बिफल पार्न ट्रसले सहयोग गर्नेमा विश्वस्त छुः जेलेन्स्की

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

किभ । राष्ट्रपति जेलेन्स्कीले बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई विफल पार्न किभलाई सहयोग गर्ने विश्वास गरेका छन् । हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी भएकी थिइन् । उनी आज बेलायतको प्रधानमन्त्री हुँदैछिन् ।

जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताए । ‘ हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौं’, जेलेन्स्कीले भने।

ADVERTISEMENT

‘युक्रेनमा हामी उहाँलाई राम्ररी चिन्छौं । उनी सधैं युरोपेली राजनीतिको उज्यालो पक्षमा छिन’, राष्ट्रपति जेलेन्स्कीले भने, ‘मुख्य कुरा भनेको हाम्रो एकता जोगाउनु हो ।’ २४ फेब्रुवरीमा रुसी हमलापछि बेलायत युक्रेनप्रति समर्थन जनाउँदै रुसको आलोचना गर्दै आएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज