दक्षिण कोरियामा शक्तिशाली आँधीः हजारौँलाई सुरक्षित क्षेत्रमा सारियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सिउल । दक्षिण कोरियामा मंगलबार आएको आँधी हिन्नामनोरका कारण देशको दक्षिणी भागका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । उक्त क्षेत्रमा भारी वर्षा र हावाहुरी चल्ने अधिकारीहरूले बताएका छन् ।

सेन्ट्रल डिजास्टर एण्ड सेफ्टी काउन्टरमिजरको कार्यलयले पूर्वी तटीय सहर उल्सानमा वर्षाले बगेको खोलामा खसेर २५ वर्षीय एक व्यक्ति बेपत्ता भएको बताएको छ ।

हिन्नामनोर आँधी बन्दरगाह सहर बुसाननजिकै झर्नुअघि देशको दक्षिणी टापु जेजु प्रभावित गरेको थियो । आँधीका कारण त्यहाँका हजारौं मानिस बिजुलीविहीन बनेका छन् ।

ADVERTISEMENT

आँधीपछिको भारी वर्षा र छालले समुद्र तटको सडक र पसलमा ठूलो क्षति पुगेको छ । उक्त आँधी ४३ मिटर प्रति सेकेण्डको वेगमा अघि बढेको अधिकारीहरुले बताएका छन् ।

उक्त आँधी कोरियाली प्रायद्वीपबाट स्थानीय समयअनुसार बिहान ७ बजेपछि दक्षिणपूर्वी शहर उल्सानको पानी हुँदै तटीय शहर जियोजेमा बढेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज