चन्द्रमामा नयाँ रकेट पठाउने नासाको दोस्रो प्रयास पनि असफल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं। अमेरिकाको अन्तरिक्ष संस्था नासाको चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल भएको छ ।

गत साता प्राविधिक गडबडीका कारण स्थगित गरिएको मिसन शनिबार असफल चोटी प्रयास गर्दा पनि असफल भएको हो । रकेटको हाइड्रोजन ट्यांकमा चुहावट भएका कारण यो मिसन पुनः असफल भएको जनाइएको छ ।

ADVERTISEMENT

वैज्ञानिकहरुले आगामी अक्टोबर भन्दा अघि मिसन सम्भव नभएको बताएका छन् । नासाले ‘स्पेस लन्च सिस्टम’ नाम दिएको मिसनको पहिलो रकेट ‘आर्टेमिस वान’ मानवबिना नै चन्द्रमामा पठाउने तयारी गरेको थियो ।

यो रकेट सफल भएको अवस्थामा आर्टेमिस दुई र तीन मार्फत अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा ओराल्ने नासाको तयारी थियो । तर, उडान भर्नु भन्दा करिब २ घण्टाअघि नासाका इन्जिनियरले रकेटमा प्राविधिक गडबडी भेटेपछि उडान रद्द गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज