कोलम्बो । स्वदेश फर्किनुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षेलाई पक्राउ गर्न माग गरिएको छ। प्रदर्शनकारी नेताहरूले उहाँलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेका हुन् ।
जुलाईमा प्रदर्शनकारीले उहाँको सरकारी आवासमा प्रवेश गरेपछि राजापाक्षे भाग्नुभएको थियो । ७३ वर्षीय राजापाक्षेले सिंगापुरबाट नै राजीनामा दिनुभएको थियो । त्यसको केही दिनपछि उहाँ थाइल्यान्डको बैंकक जानुभएको थियो ।
‘कुनै देशले पनि लिन नमानेपछि गोटाबाय स्वदेश फर्कनुभएको हो । उनीसँग लुक्ने ठाउँ छैन,’ शिक्षकहरुको ट्रेड युनियनका नेता जोसेफ स्टालिनले भन्नुभयो । उहाँलाई तुरुन्त पक्राउ गरेर श्रीलंकाका दुई करोड २० जनतालाई दुःख दिएकोमा उहाँलाई मुद्दा चलाइनुपर्ने बताइएको छ । एजेन्सी







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts